एसकेएम सरकारले चालकहरूलाई सम्मान दिएको छः विधायक खरेल

IMG-20240731-WA0299

गान्तोक: नामथाङ निर्वाचन क्षेत्रका विधायक एवं सारथी सम्मान दिवस समितिका संयोजक सञ्जीत खरेलले आगामी २ अगस्तको दिन पालन गरिने सारथी सम्मान दिवसको तयारीको जायजा लिए। राजधानीस्थित मनन केन्द्रम पालन गरिने सारथी सम्मान दिवसको तयारीबारे जायजा लिँदै वर्तमान सरकारले चालकहरूलाई पनि सम्मानको साथमा हेर्ने सोच मानिसहरूमा ल्याएको बताए। पत्रकारहरूसँग कुराकानी गर्दै विधायक खरेलले एसकेएम सरकारले चालकवर्गको हितमा धेरै योजना बनाएको र धेरै योजनाहरूको कार्यान्वयन पनि भइसकेको अवगत गराए। पूर्व सरकार र वर्तमान सरकारको चालकहरूलाई हेर्ने दृष्टिकोणमा आकास पातलको फरक रहेको उनले किटान गरे। चालकहरूले जस्तै परिस्थितिमा पनि उनीहरूको हितमा गम्भीर भएर सोच्ने मुख्यमन्त्री पाएको उनले दावी गरे। कोरोना महामारीको समय पनि मुख्यमन्त्री प्रेमसिंह तामाङले चालकहरूलाई आर्थिक सहयोग प्रदान गरेर ठूलो राहत दिलाएको विधायकले बताए।विधायक खरेलले चालकवर्गलाई मुख्यमन्त्री प्रेमसिंह तामाङमाथि भरोसा र विश्वास राख्नु पर्ने आग्रह गरे।

यसै क्रममा बोल्दै उनले अहिले चालकवर्गका छोरा छोरीहरूले पनि राज्य बाहिरका प्रतिष्ठित विद्यालयहरूमा पढने अवसर पाइरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement