राजगञ्जमा सड़क दुर्घटनामा २ जना युवक घाइते

Accident-Rep-Image-1

राजगञ्ज: सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको करतोआ इलाकामा सड़क दुर्घटनामा दुईजना युवक गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूमा विशाल राय (१८) र शिवक राय (२२) सामेल छन्। तीमध्ये विशाल फुलबारीको कञ्चनबारी र शिवक च्याङ्गराबन्धा निवासी हुन् प्राप्त जानकारी अनुसार आज दिउँसो बाइकमा सवार भएर दुईजना युवक सड़क पार गरिरहेको समय जलपाईगढीतर्फबाट तीव्र गतिमा आइरहेको एउटा वाहनले धक्का दिँदै दुवै गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरू तथा पुलिसको सहयोगमा दुवैलाई उद्धार गरेर फुलबारीको एउटा निजी अस्पतालमा लगेको छ। राजगञ्ज पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *