कालचिनीमा झुन्डिएको अवस्थामा श्रमिकको शव उद्धार

Death-Image-Rep-copy

कालचिनी: कालचिनी ब्लकको निमती दोमोहनी इलाकामा आज बिहान झुन्डिएको अवस्थामा एकजना श्रमिकको शव उद्धार भएको छ। मृतक श्रमिक २९ वर्षीय सुजीत उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले सुजीतलाई घरभित्र झुन्डिएको अवस्थामा देखेपछि तत्कालै उद्धार गरेर कालचिनीको उत्तर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेपछि शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको कालचिनी थाना पुलिसले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *