सोरेंग: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)-को कुशल मार्गदर्शनमा सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित ७८औं इण्डिपेण्डेन्स डे ओपन इन्भिटेशनल फूटबल टुर्नामेण्टमा सिक्किम पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। जौबारी स्टेडियम, सोरेंगमा बुधवार भएको म्याचमा सिक्किम पुलिसले कालेबुङ पुलिसलाई २-०-ले पराजित गरी गऱ्यो। विजेता टीमका सुराग छेत्रीलाई प्लेयर अव द म्याच चयन गरियो। बिहीवार खेलिने म्याचमा सोरेंग युनाइटेड एफसी र कञ्चनजंघा फूटबल क्लब (केएफसी)-बीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा सिक्किमको प्रत्येक जिल्लाबाट अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसको साथमा उत्तर बंगालका नामी-दामी टीमहरूलाई पनि टुर्नामेण्टमा आमन्त्रित गरिएको छ। टुर्नामेण्टको आयोजक सिंगलिंग स्पोर्टिंग क्लब प्रतिष्ठित सिक्किम प्रीमियर लीगको च्याम्पियन हो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल म्याच १५ अगस्तमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी प्रत्येक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्लेयर अव् द टुर्नामेण्टलाई रोयल एनफील्ड हण्टर ३५० बाइक प्रदान गरिनेछ।