दार्जिलिङ: दार्जीलिङको टीएन रोडमा आगलागी हुँदा दुईवटा रेस्टुरेन्ट जलेको जानकारी प्राप्त भएको छ। दार्जीलिङको चौरास्तादेखि केही पर रहेको टीएन रोडमा दुईवटा रेस्टुरेन्टमा आज बिहान आगलागी भएको छ। प्राप्त जानकारी अनुसार आगलागीमा मानवीय क्षति नभए पनि दुवै रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। उक्त आगलागीमा रेस्टुरेन्ट मुनिपट्टि रहेको दुईवटा दोकानहरूलाई पनि केही क्षति भएको बताइएको छ। उक्त रेस्टुरेन्टमा दिउँसो १:४० तिर आगो लागेको बताइएको छ। आगो लागेपछि अग्नि शमन विभागका कर्मचारीहरू आएर दिउँसो ३:३० तिर आगोलाई नियन्त्रणमा ल्याएको अनि मुनिपट्टि रहेको दुईवटा माछा दोकानलाई आगोबाट सुरक्षित गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ अग्नि शमन विभागका अधिकारी एस टोप्पोले आगो लागेको कारण पत्तो नलागेको बताउँदै आफुहरू सूचना पाउनसाथ घटनास्थलमा आईपुगेको र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याएको बताएका छन्। उनले बताए अनुसार आगो लागेको समय भित्र कोही नभएको तर आगलागीमा भित्रपट्टिको सबै सामानहरू जलेको छ।
आगालागी घटना विषयमा रेस्टुरेन्टको मालिक अनिल राई राईले बताए अनुसार यो रेस्टुरेन्ट आफुले रेन्टमा दिएको बताएका छन्। उनले यो आगलागीको घटनाको कारण थाहा नलागेको र आगालागीमा रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त बनेको बताएका छन्।