किसानहरूले जिल्लापाललाई बुझाए ज्ञापनपत्र

photocollage_2024731163828906

कुचबिहार: मुख्यमन्त्री ममता ब्यानर्जीको आदेशमा पश्चिम बंगालबाट अन्य राज्यहरूमा आलुको निर्यात रोकिएको छ। जसका कारण आलु व्यवसायीले किसानहरूबाट आलु किनिरहेका छैनन्। त्यसैले आलु किसानहरूले आज कोचबिहार जिल्लापालको कार्यालयमा ज्ञापनपत्र बुझाए र अन्य राज्यहरूमा आलु निर्यात गर्न माग गरे। आज आलु कृषकले जिल्ला अधिकारीको कार्यालय अगाडि प्रदर्शन गरेपछि जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए। आलु खेतीमा धेरै खर्च भएको उनीहरुको गुनासो छ। सरकारले अन्य प्रदेशमा आलु निकासीमा रोक लगाएपछि आलुको मूल्य घटेको छ। आलु व्यवसायीले आलु किनिरहेका छैनन्। यस्तै अवस्था रहिरहने हो भने किसानले ठूलो नोक्सानी बेहोर्नु पर्नेछ। उनीहरुले ऋण तिर्नसक्ने छैनन्। त्यसैले छिट्टै आलु निकासी सुरु गर्न उनले माग गरेका छन्। जसले गर्दा व्यापारीहरुले उनीहरुबाट आलु किन्न थालेका छन्।

About Author

Advertisement