सिलगढी नगरनिगमको  कारबाही जारी, व्यवसायीहरूले गरे विरोध

IMG-20240731-WA0246

सिलगढी: सिलगढी नगरनिगमले अवैध निर्माण विरुद्धको कारबाही जारी राखेको छ। सडकमा अवैध रुपमा कब्जा गरेका पसलहरु भत्काउने काम भइरहेको छ। यसै शृंखलामा आज मल्लागढीमा सिलगढी नगरनिगमले कारबाही गरेको छ। यस क्षेत्रमा सडकमा बनेका २० भन्दा बढी साना पसल भत्काइएको छ। पसलमा जोडिएका सिँढी पनि भत्काइएको छ। त्यो पनि बुलडोजरले भत्काइयो। यस अभियानमा केही व्यवसायीहरूले विरोध गरे पनि पुलिस घटनास्थलमा उपस्थित भएकाले व्यवसायीहरूले खासै विरोध गर्न सकेनन्l धेरै पसलहरूले पसल अगाडि फ्रिज राखेका थिए, बुलडोजरले भत्काइदिए। धेरै पसलले पसल अगाडि ठूला-ठूला शेड बनाएका थिए, ती सबै आज भत्काइएको छ। नगरनिगमको यस कार्यप्रति जनतामा चर्को आक्रोश देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement