क्वार्टर फाइनलमा पुग्न सफल प्रधान बोइज

IMG-20240731-WA0139

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा प्रधान बोइजले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा मंगलवार भएको आठौंं तथा अन्तिम प्री-क्वार्टर फाइनल म्याचमा प्रधान बोइजले रिभर भेल्ली फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट पेरचुल छेत्रीले ह्याट्रिक गरे। उनले १७औं, २४औं र ३६औं मिनटमा गोल गरे। यसरी रिभर भेल्ली एफसी-बाट सौरभ राईले ५०औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब बुधवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा सिरमूर बोइज र लाली गुराँस फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *