झापामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

IMG-20240731-WA0090

झापा:१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई प्रहरीले पक्राउ गरेको हो। साहले ती किशोरीलाई गत जुलाई २मा दिउँसो भद्रपुर नगरपालिका-७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। सो आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement