कोशीमा मन्त्री बन्ने मानबहादुर लिम्बुको सम्भावना कति?

IMG-20240731-WA0091

झापा: केन्द्रमा सत्ता समिकरण फेरिसँगै प्रदेशहरुमा समेत यतिबेला सरकार गठनको ब्यापक तयारी छ। केन्द्रमा जस्तो समिकरण बन्छ,प्रदेशमा पनि सो अनुसार बनाउने सहमति बनिसकेको छ। सो अनुरुप कोशी प्रदेशमा समेत सरकार गठनको तयारी तिब्र छ।मानबहादुर लिम्बुको सम्भावना कति? मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित काँग्रेसका साँसद मानबहादुर लिम्बु समेत मन्त्रीको दौडमा छन्। यसअघि केदार कार्कीको नेतृत्वमा रहेको सरकारमा समेत मन्त्रीको आकाँक्षी रहेका उनले मन्त्री बन्न पाएनन्। तर यसपटक भने उनको सम्भावना बढी देखिन्छ। शेखर कोइराला गुटबाट मन्त्री बन्ने लाईनमा मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरीमध्ये मन्त्री बन्ने चर्चा छ। लिम्बू कोइराला गुटको पनि सुनिल शर्मा समूहका नेता हुन्। मोरङमा शेखर कोईराला त्यसमा पनि सुनिल शर्माको दबदबा बढी भएका कारण लिम्बुको सम्भावना बढी देखिन्छ। उनी शर्माकै निर्बाचन क्षेत्र त्यसमा पनि लामो समयदेखि शर्माका बिश्वास पात्रका रुपमा रहेका कारण उनको सम्भावना बढेर गएको छ।कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन। एमाले–कांग्रेसबिच चार–चार वटा मन्त्रालय भागबण्डा गर्ने सहमति भइसकेको छ। तर, कांग्रेसले ती तीन मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमध्ये एक मन्त्रालयमा मन्त्री पठाउन सकेको छैन ।नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा बसेको थियो। उक्त बैठकले एकिकृत मालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी हुनेलगायतका निर्णय गरेको छ। नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझीका अनुसार बैठकले सरकार निर्माण गर्दा समावेशी हुनुपर्ने निर्णय गरेको छ। यस्तै हिक्मतकुमार कार्की नेतृत्वको सरकारसँग समन्वय गरेर अगाडि बढ्न संसदीय दललाई निर्देशन दिने निर्णय पनि कार्यसम्पादन समितिको बैठकले गरेको छ। नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझीले पार्टीका २९ सांसदमध्ये २७ जनाले नै मन्त्रीमा दाबी गरेको जानकारी दिए। ‘योग्यता भएपछि मन्त्री बन्छु भन्न पाइयो। हाम्रोमा २ जना बाहेक २७ जना नै मन्त्री बन्न योग्य हुनुहुन्छ। त्यसमा ४ जनादेखि ६ जनासम्म मन्त्री र राज्यमन्त्री गरेर हुनसक्ने सम्भावना छ,’ रायमाझीले भने। उनले भने सरकार बन्न अब अझै ५–७ दिन लाग्न सक्ने देखिएको छ।’ उता, कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशको भन्दा पनि केन्द्रीय नेताहरूमा देखिएको समस्याकै कारण सरकारमा जान ढिलाइ भएको बताका छन्। उनले आफू मन्त्रीको दौडमा नरहे पनि पार्टीका २९ सांसदमध्ये २ जना पूर्वमुख्यमन्त्री बाहेक २७ जना नै आकाँक्षी रहेको बताए। कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईले पनि आफूलाई ०७९ सालमै खोटाङका जनताले मन्त्री बन्न पठाएको बताए। यद्यपि नेताको ढोकामा गएर आफूलाई मन्त्री बनाउनुपर्छ भनेर नभनेको उनले बताए। कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, डाक्टर शेखर कोइराला गुटबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने गरी छलफल भइरहेको छ। जसका लागि देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम छन्। ‘मलाई मन्त्री बनाउन २०२२ सालमै खोटाङका जनताले निर्वाचित गरेर पठाएका हुन्। अहिलेसम्म बन्न सकिएको छैन। कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, डाक्टर शेखर कोइराला गुटबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने गरी छलफल भइरहेको छ। जसका लागि देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम छन्। यसअघि ताप्लेजुङका प्रहरी प्रमुखलाई काटमारको धम्की दिएको घटनामा हाङ्गामको संलग्नता रहेको सार्वजनिक भएको थियो। कार्की अघिल्लो प्रदेश सभाको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए भने सुनुवार प्रदेश सभाको यही कार्यकालमा तीन पटक मन्त्री भइसकेका छन्। उता, शेखर कोइराला गुटबाट भने मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरीमध्ये मन्त्री बन्ने चर्चा छ। लिम्बू कोइराला गुटको पनि सुनिल शर्मा समूहका नेता हुन्। उदयपुरका खत्री भने यसअघि दुई पटक मन्त्री बनेका छन्। केदार कार्की नेतृत्वको सरकारका पालामा उनी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका थिए। इलामका गिरी भने नयाँ अनुहार हुन् ।यसअघि केदार कार्की नेतृत्वको सरकारमा राज्यमन्त्रीको रूपमा धनकुटाकी इन्दिरा थापा र सुनसरीकी सुनितादेवी राम सहभागी थिए। कांग्रेसमा सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठ लगायतले मन्त्री बन्ने लविङ गरेको बताइन्छ। यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन्। दुई जनामध्ये एक जनालाई सिटौलाले मन्त्री बनाउने चर्चा छ। कोशी्रदेश कांग्रेसको कार्यसम्पादन समितिको बैठकले लैङ्गिक र समावेशीतालाई ख्याल गरेर मन्त्री बनाउने निर्णय गरिसकेको भए पनि अहिले मन्त्री बन्न चर्चामा रहेका नाममा महिला भने छैनन्। यसअघि केदार कार्की नेतृत्वको सरकारमा राज्यमन्त्रीको रूपमा धनकुटाकी इन्दिरा थापा र सुनसरीकी सुनितादेवी राम सहभागी थिए। कांग्रेसमा सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायतले मन्त्री बन्ने लविङ गरेको बताइन्छ।

About Author

Advertisement