बराहक्षेत्रमा लागुऔषध ट्रामाडोलसहित महिला पक्राउ

IMG-20240731-WA0097

झापा: सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ८ शिवशक्ति थापा टोल बस्ने २७ बर्षकि एलिसा महतको घरकोठाबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित महिला पक्राउ परेकी छिन। लागुऔषधको कारोवार हुने गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको प्रमुख इन्स्पेक्टर विकास राईको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा निजको घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड(tramadol Hydrochloride Capsule IP 50 mg) लेखिएको अबैध लागुऔषध ट्रामाडोल ८२६ क्याप्सलु र विभिन्न दरका नेपाली रूपैया रू. २,३८०।– (दुई हजार तीन सय असी) फेला परेको प्रहरी प्रमुख बिकास राईले बताए ।उनलाई पक्राउ गरि कानून बमोजिम बरामद गरि निज एलिसा महतलाई पक्राउ गरि जिल्ला अदालतमा म्याद थप गरि अहिले अनुसन्धान भई रहेको राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement