नौकायानमा भारतको पदक जित्ने सम्भावना समाप्त

IMG-20240730-WA0309

पेरिस: पेरिस ओलम्पिकमा नौकायानमा भारतको एकमात्र खेलाड़ी बलराज पनवार पुरुषहरूका एकल स्कलमा आफ्नो हीट रेसमा पाँचौं स्थानमा रहे अनि अब उनले १३औं-देखि २४औं स्थानको निम्ति खेल्नेछन्। २५ वर्षीय पनवारले क्वार्टर फाइनलमा चौथो हीटमा सात मिनट र ५.१० सेकेण्डको समय निकाले। यसरी उनी सेमिफाइनल सी.डी.-मा झरेका छन् अनि अब १३औं देखि २४औं स्थानको निम्ति प्रतिस्पर्धा गर्नेछन् । पनवार रेपेचेज चरणको दोस्रो रेसमा दोस्रो स्थानमा रहेर कार्टर फाइनलमा पुगेका थिए। उनी शनिवार पहिलो चरणको हीट रेसमा चौथो स्थानमा रहेर रेपेचेजमा पुगेका थिए। चारवटा क्वार्टर फाइनल हीटमा शीर्ष तीनमा रहने खेलाड़ीले सेमिफाइनल ए.बी.- मा स्थान बनाएर पदकको निम्ति चुनौती पेश गर्छन्। उल्लेखनीय छ, पेरिस ओलम्पिक २०२४-मा भारतले जम्मा २ वटा पदक (दुवै काँस्य) जितिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement