सुमिनमा पर्यटन र उद्यमशीलताको सम्भावना खोज्न अन्तरविभागीय सर्वेक्षण

IMG-20240730-WA0312

गान्तोक: पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत नाम्चेबुङ निर्वाचन क्षेत्रमा पर्ने सुमिन गाउँमा सामुदायिक पर्यटन तथा उद्यमशीलताको सम्भावनाको खोजी गर्ने उद्देश्यले क्षेत्र विधायक तथा शिक्षा, खेलकुद एवं संसदीय मामिला मन्त्री राजु बस्नेतको नेतृत्वमा आज अन्तरविभागीय सर्वेक्षण सम्पन्न गरियो। यस अवसरमा राज्यका पर्यटन, वाणिज्य तथा उद्योग, वन एवं पर्यावरण, विज्ञान तथा प्रविधि, संस्कृति एवं धरोहर मामिला, विश्व वन्यजन्तु कोष (डब्ल्यू डब्ल्यू एफ), टास, डिआइसी, ग्रामीण विकास विभाग र भू-राजस्व विभागका अधिकारीहरू साथै सुमीन जीपीयू-का जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो। स्थानीय गाउँलेहरूको संलग्नतामा यस अन्तर विभागीय टोलीले क्षेत्रमा सामुदायिक पर्यटन साथै उद्यमशिलताको सम्भावनामाथि गहन अध्ययन र सर्वेक्षण गऱ्यो।दिनभरि चलेको सर्वेक्षण अवधि विभिन्न विभागका अधिकारीहरबले सुमिन गाउँका सम्भावित क्षेत्रहरूको भ्रमण गरेर स्थानीय हितधारकहरूसँग कुराकानी पनि गरे। भ्रमणपछि विभागका अधिकारीहरू र स्थानीय हितधारकहरूबीच सम्बन्धित विषयमा खुल्ला छलफल पनि भएको थियो। विभागका अधिकारीहरूले आजको सर्वेक्षणको रिपोर्ट आगामी २० अगस्तभित्रमा बुझाउने भएको छ।

यस अवसरमा क्षेत्रका गाउँलेहरूलाई सम्बोधन गर्दै मन्त्री राजु बस्नेतले सुमिन गाउँलाई एक पर्यटन गन्तव्य बनाउन आफ्नो पक्षबाट पनि सक्दो प्रयास गर्ने गाउँलेहरूलाई आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement