संकटा एफसी र युनाइटेड बड़ापत्ताबोंगको ठूलो जीत

photocollage_202473023217180

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा मंगलवार दुईवटा म्याच खेलियो। यी दुवै म्याच एकतर्फी रह्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याच (दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीग)-मा युनाइटेड बड़ापत्ताबोंग एफसी-ले सिंहमारी फार्म्स क्लबविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सहयोग गुरुङले १३औं, अनायश छेत्रीले २५औं, रेयो छेत्रीले ४४औं र प्रीतम गुरुङले ५०औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीग)-मा बड़ा संकटा फूटबल क्लबले मेवरिक स्पोर्टिंग क्लबलाई ७-०- ले पिट्यो। विजेता टीमबाट अनमोल राईले ह्याट्रिक गरे। उनले म्याचको ३८औं, ६२औं र ७६औं मिनटमा गोल गरे। यसबाहेक फुस्बा शेर्पा (१४औं), सदीप दर्जी (२३औं), केवल थापा (४७औं मिनट) र निखिल छेत्रीले पनि १-१ गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *