सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मजुआ फूटबल क्लबले कार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको रोमाञ्चक म्याचमा मजुआ फूटबल क्लबले आयोजक सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सुमित बर्मनले २ गोल गरे। उनले नवौं अनि ५५औं मिनटमा गोल गरे। यसबाहेक अन्य एउटा गोल अजित साउले गरे। यसरी आयोजक टीमबाट एनोस र अमनले १-१ गोल गरे। अब बुधवार खेलिने म्याचमा आयोजक ब्राइट स्पोर्टिंग क्लब र मजीत इलेभेन मौजाबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल भव्य समापन समारोहबीच १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।