पेरिस ओलम्पिक २०२४: पुरुष हकीमा भारतको अजेय अभियान जारी

IMG-20240730-WA0303

पेरिस: पेरिस ओलम्पिक २०२४-मा भारतीय पुरुष हकी टीमले आफ्नो अजेय अभियन जारी राख्दै दोस्रो जीत दर्ता गऱ्यो। भारतले मंगलवार खेलिएको पूल बी-को म्याचमा आयरल्याण्डलाई २-० ले पराजित गऱ्यो। यस महत्त्वपूर्ण म्याचमा भारतको निम्ति दुवै गोल कप्तान हरमनप्रीत सिंहले गरे। यस जीतको साथै भारत ६ वटा टीमको पूल बी-मा शीर्ष स्थानमा पुग्यो। प्रत्येक पूलबाट शीर्ष चारमा रहने टीमहरूले कार्टर फाइनलमा स्थान बनाउँछ। भारतले यसअघि आफ्नो पहिलो म्याचमा न्यूजील्याण्डलाई ३-२-ले पराजित गरेको थियो। त्यसपछि अर्जेण्टिनाविरुद्ध दोस्रो म्याच १-१-ले ड्र रहेको थियो। आज म्याचमा कप्तान हरमनप्रीतले एघाह्रौं मिनटमा पेनल्टी स्ट्रोकमा गोल गरी भारतलाई बढ़त दिलाए। त्यसपछि उनले दोस्रो कार्टरको १९औं मिनटमा गोल गरी भारतको जीत सुनिश्चित पारे। तेस्रो कार्टरमा कुनै गोल हुन नसक्दा बढ़त फेरि भारतको पक्षमा कायम रह्यो। अन्तिम कार्टर पनि गोलरहित रहँदा भारतले म्याच जित्यो। भारतीय कप्तानले पेरिसमा तीनवटा म्याचमा ४ गोल गरिसकेका छन्। भारत समक्ष अब बेल्जियम र अष्ट्रेलियाको रूपमा दुईवटा कठिन चुनौती रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement