पेरिस ओलम्पिक २०२४: अंकिता हारे पनि भजन प्री-क्वार्टर फाइनलमा

IMG-20240730-WA0307

पेरिस: टीम स्पर्धाको असफलतालाई भुलेर युवा भारतीय धनुर्धर भजन कौरले ओलम्पिकको महिला धनुकाँड़ एकल वर्गमा मंगलवार यहाँ पोल्याण्डकी वियोलेटा मेसजोरलाई ६-० ले पराजित गरी अन्तिम १६ (प्री क्वार्टर फाइनल) चरणमा प्रवेश गरिन्। भजनले अन्तिम ३२ चरणमा मेसजोरलाई पराजित गर्नको साथै अंकिता भकतकी हारको हिसाब पनि चुक्ता गरिन्। पोल्याण्डकी यस धनुर्धरले यसअघि अन्तिम ६४ चरणमा अंकितालाई ६-४-ले पराजित गरेकी थिइन्। भजनले दिनको शुरुवाती म्याचमा इण्डोनेशियाकी साइफा नूरफीफा कमाललाई ७-३-ले पराजित गरेपछि वियोलेटाविरुद्ध पनि लय कायम राख्दै एकतर्फी जीत दर्ता गरिन्। भजनले वियोलेटाविरुद्ध पहिलो र तेस्रो सेटमा १० पोइण्ट्सको १-१ र दोस्रो सेटमा २ पल्ट निशाना लगाएर आफ्नो क्षमता साबित गरिन्। उनले २८-२३, २९-२६, २८-२२-ले सजिलै जीत हासिल गरिन्। यसरी कालीफिकेशनमा एघाह्रौं स्थानको साथ सर्वश्रेष्ठ भारतीय रहने अंकिताले पोल्याण्डकी खेलाड़ीविरुद्ध शुरुवाती बढ़त हासिल गरेपछि लय गुमाइन्। यसैकारण उनी पराजित भएर पदकको रेसबाट बाहिर भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement