राज्यका स्वास्थ्य एवम् परिवार कल्याण विभागका सचिवको अध्यक्षताम गर्भधारण पूर्व और प्रसव पूर्वमाथि राज्य सल्लाहकार बैठक सम्पन्न

n62438564417223601714354f97d09f8960d2be91c0166d6af71e24aa68283dac0d223b295bfd73b79f742b

गान्तोक: राज्यका स्वास्थ्य एवम् परिवार कल्याण विभागका सचिव एम. भरानी कुमारको अध्यक्षताम आज टाशीलिङ सचिवालयमा गर्भधारण पूर्व और प्रसव पूर्वमाथि राज्य सल्लाहकार बैठक सम्पन्न गरियो।

सभालाई सम्बोधन गर्ने क्रममा सचिव कुमारले सार्वजनिक सेवा केन्द्रहरूमा एमएमए (मेडिकल म्यानेजमेन्ट अफ एबोर्शन) किटहरूको उपलब्धता अनुगमनको लागि महत्त्वपूर्ण आवश्यकतामाथि जोड दिए। उनले सुरक्षित गर्भपतन सेवाहरू सबैको पहुँचमा सुनिश्चित गर्नको निम्ति यसलाई कार्यान्वयन गर्नुपर्ने बताए। उनले सबै क्लिनिकहरूमा अनलाइन पोर्टल लागू गर्नुपर्ने पनि बताए।

उनले अधिकारीहरूलाई उच्च मापदण्डहरू कायम राख्ने र स्वास्थ्य सेवा वितरणमा जवाफदेहीता सुनिश्चित गर्ने महत्त्वमा जोड दिँदै गान्तोक र वरिपरिको अल्ट्रासाउन्ड क्लिनिकहरूको त्रैमासिक निरीक्षण गर्न आग्रह गरे। जिल्लापालले राज्य भित्र सार्वजनिक र निजी सुविधाहरुमा अल्ट्रासाउन्ड क्लिनिक र मेशिनको गुणस्तरीय जाँच गर्नुपर्ने विषयमाथि प्रकाश पारे।

यसबाहेक, सचिवले शैक्षिक संस्थाहरूमा किशोर स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउने महत्त्वमा जोड दिए। उनले गैरसरकारी संस्थाहरूलाई राज्यभर प्रि-कन्सेप्सन र प्रि-नेटल केयर बारे चेतना फैलाउन विभागसँग सहकार्य गर्न अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement