गान्तोक: सिक्किमका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरलाई नियुक्ति पत्र सुम्पिएको छ। राज्यपाल आज राजभवन आइपुगेपछि राज्यका मुख्य सचिव बीवी पाठकले नियुक्ति पत्र हस्तान्तरण गरे।
यस अवसरमा डीजीपी एके सिंह, अतिरिक्त मुख्य सचिव आर. तेलाङ, राजभवनका सचिव जेडी भोटिया, जिल्लापाल तुषार निखारे, वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन, राजभवनका अतिरिक्त सचिव खेमराज भट्टराई तथा अन्य अधिकारीहरू उपस्थित थिए।
राजभवनमा राज्यपाल माथुरलाई आईटीबीपीको १३औं बटालियनले गार्ड अफ् अनर दिए। नवनियुक्त राज्यपालले भोलि, ३१ जुलाईका दिन शपथ ग्रहण गर्नेछन्।
उल्लेखनीय छ, सिक्किमका पूर्व राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई असमलगातय मणिपुरको राज्यपाल नियुक्ति गरिएको छ।











