नीति आयोगको बैठकमा सहभागी भएर फर्किए मुख्यमन्त्री तामाङ

IMG-20240730-WA0313

गान्तोक: नयाँ दिल्लीको आधिकारिक भ्रमण सकेर मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिक्किम फर्किए। हवाइमार्ग भएर सिक्किम फर्किएका मुख्यमन्त्री तामाङ आज बिहान पश्चिम बङ्गालको बागडोग्रा हवाइअड्डामा अवतरण गर्दा सिक्किम सरकारका अधिकारीहरू उनलाई स्वागत जनाउन उपस्थित थिए। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङ भारत सरकारको नीति आयोगको बैठकमा सहभागी बन्न नयाँ दिल्ली गएका थिए। नीति आयोगका उपाध्यक्ष डा. सुमन बेरी, केन्द्रीय मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्री अनि राज्यपालहरूले सहभागिता जनाएको उक्त बैठकलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेका थिए। बैठकमा मुख्यमन्त्री तामाङले सिक्किम राज्यसित सम्बन्धित विभिन्न मुद्दाहरूको उठान गरेका थिए। यसकासाथै मुख्यमन्त्री तामाङले यस भ्रमणअवधि विभिन्न केन्द्रीय मन्त्रीहरूसँग भेट गरि सिक्किमका विकासमूलक योजना र मुद्दाहरूबारे छलफल गरेका थिए। यस क्रममा उनले दिल्लीमा उपचार गराइरहेका बिरामीहरूलाई भेटेर उनीहरूको स्वस्थ्य स्थितिबारे पनि जानकारी लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement