कालचिनी: मानव उत्थान सेवा समितिका प्रणेता सतपालजी महाराजको सुपुत्र सुयशजी महाराजको जन्म दिवस एवं ७५औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज कालचिनी स्थित रवि भानु बिरसा भवनमा सन्त समागम सम्पन्न भएको जानकारी माउसेस जयगाउँ तहसीलद्वारा दिएको छ। आज उक्त पावन अवसरमा कालचिनी विधायक विशाल लामा लगायत समाजसेवी वीरेन्द्र बारा उराँव, मेचपाड़ा चियाबारीको सुपरिटेन्डेन्ट, वन अनि भूमि कर्माध्याक्ष गणेश महली एवं अन्यान्यको उपस्थिति थिए। उक्त सन्त समागममा माउसेस उत्तर पूर्वाञ्चलका अध्यक्ष तथा सिलगढ़ी श्री हंसबेला आश्रमका माहात्मा अदिना बाईजी, जयगाउँ श्री हंस पूण्य क्षेत्र आश्रमका माहात्मा लक्ष्मा बाईजी, शैल बाईजी, मुग्धा बाईजी र रेशमा बाईजीगणको मुखारवृन्दबाट सारगर्भित प्रवचन साथै देशभक्ति गीत र अध्यात्मिक भजनहरु प्रस्तुति गरियो।