सलमान खानको उदारता

Salman-Khan

बलिवुड: बलिउडका चर्चित अभिनेता सलमान खान सधैं आफ्नो उदारताका कारण चर्चामा रहने गर्छन्। सन् २०१० मा सलमान खानले बोन म्यारो दान गरेर एक बालिकाको ज्यान बचाएका थिए। त्यतिबेला उनले म्यारो डोनर रजिस्ट्री इण्डिया (एमडीआरआई) मा आफ्नो नाम दर्ता गराएका थिए। सलमान आफैले बोन म्यारो ट्रान्सप्लान्ट आवश्यक पर्ने केटीको बारेमा पढेको बताएका थिए। यसका लागि उनले आफ्नो सम्पूर्ण फुटबल टिमलाई बोन म्यारो दान गर्न भनेका थिए तर अन्तिम समयमा सबैले मानेनन्। केवल सलमान र उनका भाई अरबाज खान मात्र बाँकी थिए, जसले बोन म्यारो दान गरे। सलमानले भारतमा थोरै मानिसले बोन म्यारो दान गर्ने बताएका थिए। उनले बोन म्यारो दान गरेर कसैको ज्यान बचाउन जनतालाई अपिल गरेका थिए।  बोन म्यारो डोनेशनको समस्याबारे कुरा गर्दै सलमानले अहिले आफूहरूसँग ५ हजार मात्रै डोनर रहेको बताएका थिए। यो चेतनाको अभाव मात्र होइन, हाम्रो मनोवृत्ति पनि समस्या हो। यसले बिरामीको जीवनमा असर गर्छ। बोन म्यारो मज्जा दान गरेर तपाईंले जीवन बचाउन सक्नुहुन्छ। यो रगत परीक्षण जत्तिकै सजिलो छ र धेरै समय लाग्दैन। मलाई थाहा छ केही मानिसहरू रक्त परीक्षणबाट डराउँछन्, तर अब थोरै साहसी बन्ने र ठूलो परिवर्तन गर्ने समय हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement