नशामुक्त अभियानबारे जनजागरूकता बढाउन फ्रिडम रन

IMG-20240730-WA0266

गान्तोक: नाम्ची जिल्ला प्रशासनिक केन्द्रले नशामुक्त भारत अभियान अन्तर्गत आयोजना हुने फ्रिडम रनको निम्ति सबैलाई सहभागी बन्ने आग्रह गरेको छ। आगामी ३ अगस्तको दिन नाम्चीको किसानबजारबाट फ्रिडम रन शुरू हुने भएको छ। यस प्रतियोगिता अन्तर्गत खुल्ला वर्गको निम्ति किसान बजारदेखि हेलिपेडसम्म दस किलोमिटर लामो दौड राखिएको छ भने विद्यार्थीहरूको निम्ति ६ किलोमिटरको दौड राखिएको छ,जुन किसान बजारदेखि चारधामको गोलाईसम्म रहनेछ। यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकहरूलाई नगद राशिसँगै पदक प्रदान गरिने छ भने टप टेनसम्म आउने प्रतियोगीहरूलाई पदक प्रदान गरिने जानकारी गराइएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूलाई नशालु पदार्थको सेवनदेखि टाडा राख्न अनि नाम्चीलाई ड्रग्समुक्त बनाएर स्वास्थ्य जीवनशैली जिउन प्रोत्साहन गरिनु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement