सिक्किम आइपुगे नयाँ राज्यपाल

IMG-20240730-WA0265

गान्तोक: नयाँ राज्यपाल ओम प्रकाश माथुर आज सिक्किम आइपुगेका छन्। उनले सिलगढीबाट हेलिकप्टरको माध्यमद्वारा बुर्तुक हेलिपेडमा अवतरण गरेका थिए। यस अवसरमा उनलाई स्वागत जनाउन राज्यका मुख्य सचिव भीबी पाठक, डीजीपी,जिल्लापाल तुषार निखारे लगायत अन्य अधिकारी हेलिपेड पुगेका थिए। ७२ वर्षीय माथुर राजस्थान निवासी हुन् भने उनलाई भारतीय जनता पार्टीका एक सक्रिय नेताको रूपमा चिनिन्छ। भारतीय जनता पार्टीको महासचिवसमेत रहिसकेका माथुर आरएसएसका प्रचारक पनि थिए। आज सिक्किम आइपुगेका नयाँ राज्यपालले भोलि राजभवनमा राज्यपालको रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। उल्लेखनीय छ, अघिल्ला राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई समको राज्यपाल नियुक्त गरिएपछि ओम प्रकाश माथुर नयाँ राज्यपालका रूपमा नियुक्ति पाएर सिक्किम आएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement