गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चाको ७औँ जन उन्मुक्ति दिवसलाई केन्द्र गरि तेस्रो समन्वय सभा आज रम्फूमा सम्पन्न भयो। यहाँको पर्यटन केन्द्रको सम्मेलन कक्षमा आयोजित सभाको अध्यक्षता पार्टीका सेक्रेटरी जनरल तथा मन्त्री अरुण उप्रेतीले गरेका थिए। सभामा आगामी १० अगस्तका दिन पार्टी अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रमबारे छलफल गरियो। सभाले कार्यक्रमका लागि सबैको सक्रिय सहभागिता र समन्वयलाई महत्त्व दिँदै कार्यकर्ताहरूको एकतालाई जोड दिइएको छ। यसअघि पहिलो अनि दोस्रो समन्वय सभा सम्पन्न गरी समिति गठन गर्ने कार्य भइसकेको छ भने उक्त समितिको सक्रियतालाई आजको सभाले जोड दिएको छ। बैठकमा पूर्व मन्त्री कुङ्गा निमा लेप्चा ,लाक्पा मोक्तान, विकास बस्नेत, पवित्र मानव, सहदेव शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।