सोनादाको अभिमन्यु खवास अन्तरार्ष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जित्न सफल

IMG-20240730-WA0260

सोनादा: कोलकोतामा सम्पन्न आठौं अन्तरार्ष्ट्रीय कराँते च्याम्पियनशीपमा सोनादाको १० वर्षीय अभिमन्यु खवासले गोल्ड मेडल जितेका छन्। सोनादाको पेट्रोल पम्प परिसर निवासी पिता योगेस खवास र माता मिकी छेत्री खवासकी १० वर्षीय छोरा अभिमन्यु खवासले कोलकोताको नेताजी इण्डोर स्टेडियममा सम्पन्न आठौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जितेर सोनादा क्षेत्र लगायत सम्पूर्ण पहाडलाई नै गौरान्वित बनाएका छन्। कोलकोताको नेताजी इण्डोर स्टेडियममा सम्पन्न आठौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीप गत २६ देखि २९ जुलाईसम्म विभिन्न वर्गमा सम्पन्न भएको थियो। अभिमन्यु खवासले मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको सोनादा ब्राञ्जमा प्रशिक्षण लिएका थिए। मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको निर्देशिका कल्पना छेत्री प्रधान र कोच सुशिल छेत्रीको अगुवाईमा विभिन्न स्थानहरूका २९ जना कराते खेलाड़ी नानीहरूलाई लिएर कोलकोता गएर कराते च्याम्पियनशीपमा भाग लिएर फर्केका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement