खरसाङ ट्राफिक पुलिसद्वारा आँखा जाँच र रक्तदान शिविरको आयोजना

IMG-20240730-WA0259

खरसाङ: खरसाङ ट्राफिक पुलिसको तत्वावधानमा सेफ ड्राइभ सेभ लाइभ कार्यक्रम अन्तर्गत खरसाङको रेलवे स्टेशन परिसरमा निःशुल्क आँखा जाँच तथा रक्तदान शिविरको आयोजना गरेको छ। उक्त शिविर आयोजनको निम्ति लायन्स क्लब अफ् खरसाङद्वारा सहयोग पुऱ्याइएको थियो। खरसाङ ट्राफिक पुलिसका प्रभारी सञ्जीव दत्तले यस शिविरमा जम्मा ५५ जना मानिसहरूको आँखा जाँच गराएको र शिविरमा मोतिबिन्दु चिन्हित गरिएका छजना रोगीहरूको सिलगढ़ीमा निःशुल्क शल्यक्रिया गरिने पनि बताएका छन्। उनले शिविरमा ५१ जना मानिसहरूले स्वेच्छाले रक्तदान गरेको अनि दुईजनाको रगतलाई रिजेक्ट गरिएको बताउँदै जम्मा ४९ युनिट रगतलाई महाराजा अग्रसेन लायन्स म्यागनम ब्लड सेन्टर, फुलबारी, सिलगढ़ीमा पुऱ्याइयो। शिविरमा सिलगढ़ीबाट आएका चिकित्सकीय टोलीले रोगीहरूको जाँच गरेका थिए साथै रगत संग्रह गरे। केही आँखा रोगीहरूलाई निःशुल्क चश्मा पनि प्रदान गरियो। उनले बताए अनुसार सेफ ड्राइभ सेभ लाइभ कार्यक्रम अन्तर्गत प्रथम चरणमा गत २५ जुलाईको दिन खरसाङ ट्राफिक गार्डको तत्वावधानमा वाहन अनि मोटर बाइक चालकहरूलाई जगारूक गराउने उद्देश्यले दिलारामदेखि खरसाङसम्म बाइक रैलीको पनि आयोजना गरिएको थियो। यस अवसरमा वाहन तथा बाइक चालकहरूलाई ट्राफिक सुरक्षा र सचेतना विषयमा पर्चा पनि वितरण गरिएको थियो। उनले यस शिविर सञ्चालनमा सहयोग पुऱ्याउने सम्पूर्ण मानिसहरूप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement