मैनागढीमा कांग्रेस कार्यकर्ताको हत्या प्रकरणमा थप १७ जनाको नाममा प्राथमिकीमा दर्ता

IMG-20240730-WA0211

जलपाईगढी: मैनागढीमा कांग्रेस कार्यकर्ताको हत्याको मामिलामा थप १७ जनाको नाममा उजुरी दर्ता गरिएको छ। मृतक कांग्रेस कार्यकर्ताकी पत्नी स्वप्ना रायले जलपाईगढी जिल्लाका पुलिस अधिक्षक उमेश खान्डबहालेको कार्यालयमा आएर लिखित उजुरी दिएकी थिइन्। दुई चरणमा जम्मा २८ जनाविरुद्ध लिखित उजुरी परेको छ। घटनापछि पहिलो चरणमा ११ जनाविरुद्ध परेको उजुरीमा कारबाही गर्दै मैनागुरी थानाको पुलिसले ११ जनालाई पक्राउ गर्न सफल भएको छ। नयाँ उजुरी आएपछि पुलिस र सत्तारुढ दल अलि असहज बनेको छ भने घटनाबारे तृणमूलका नेता अमिताभ चक्रवर्तीले यसअघि पुलिस चौकीमा उजुरी परेको बताए। घटनाको केही दिनमै मैनागढी पुलिस स्टेशनले अनुसन्धान गरी ११ जनालाई पक्राउ गरेको थियो। यस घटनामा अन्य धेरैको नाममा उजुरी परेको छ। उनले भने, ‘यस्ता घटना निन्दनीय छन्। पुलिसले सत्यतथ्य छानबिन गरी दोषीलाई पक्राउ गरोस् भन्ने पनि चाहन्छौं। तर तिनीहरूमध्ये धेरै नामहरू छन् जसको यो घटनासँग कुनै सम्बन्ध छैन।‘ उनले आफूलाई झुटा मुद्दामा फसाइएको आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement