खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत एक क्षेत्रमा ५०० जनालाई कुखुराको चल्लाहरू वितरण

IMG-20240730-WA0255

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एक गिध्द पहाड़ क्षेत्रमा कुखुराको चल्लाहरू वितरण गरिएको जानकारी प्राप्त भएको छ। घैयाबारी ग्राम पञ्चायत एक क्षेत्रमा एआरडी विभागको तत्वावधानमा र खरसाङ पञ्चायत समितिको पहलमा ५०० जनालाई कुखुराको चल्लाहरू वितरण गरिएको छ। यस क्रममा एकजनालाई १० वटा गरेर चल्लाहरू वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त चल्लाहरू वितरण कार्यमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, विभागीय कर्माध्यक्ष साजन दर्जी, एआरडी विभागको बीएलडीओ डा नेहार भौमिक, घैयाबारी ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रिना बस्नेत लगायत पञ्चायत सदस्यहरू र अन्यहरू उपस्थित रहेका थिए। उक्त कुखुराको चल्लाहरू वितरण कार्य अघि खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री र विभागीय अधिकारी बीएलडीओ डा नेहार भौमिकले कुखुराको चल्लाहरू पालन विषयमा जानकारीहरू गराएका थिए। यस विषयमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्रीले मानिसहरूलाई स्वनिर्भर बनाउन तथा आय आर्जनको लागि उक्त कुखुराको चल्लाहरू वितरण गरिएको बताएका छन्। उनले खरसाङ पञ्चायत समितिको तर्फबाट वितरण गरिएको कुखुराको चल्लाहरूमार्फत् स्थानीयहरूले राम्रो आय आर्जनको माध्यम बनाउन सक्ने पनि बताएका छन्।

त्यसरी नै खरसाङ खण्डको कर्माध्यक्ष साजन दर्जीले खरसाङ खण्ड अन्तर्गत १४ वटै ग्राम पञ्चायतहरूमा कुखुराको चल्लाहरू वितरण कार्य सम्पन्न भएको र अहिलेसम्म जम्मा ४६ हजार कुखुराको चल्लाहरू वितरण गरिसकेको बताएका छन्। उनले अर्को महिनादेखि पुन: कुखुराको चल्लाहरू वितरण गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement