खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत क्षेत्रमा आज कुखुराको चल्लाहरू वितरण गरिएको छ। खरसाङ खण्ड प्राणी सम्पदा विभागको कर्माध्यक्ष साजन दर्जीको पहलमा महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामा र सरिता मुखियाको सहयोग र उपस्थितिमा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने विभिन्न गाउँहरूका लगभग चार सय परिवारहरूलाई आज कुखुराको चल्लाहरू वितरण गरिएको छ। विशेष गरेर मानिसहरूलाई कुखुरा पालनबाट स्वनिर्भर बनाउन तथा जीविकोपार्जनको लागि यी कुखुराको चल्लाहरू खरसाङ खण्ड अन्तर्गत विभिन्न ग्राम पञ्चायतहरूमा वितरण गरिने कार्य सम्पन्न भईरहेको छ।महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारीस्थित आदर्श श्रमिक कल्याण भवनमा प्राणी सम्पदा विभाग खरसाङ खण्डको कर्माध्यक्ष साजन दर्जी, पञ्चायत समिति सदस्य कुसाङ लामा र सरिता मुखिया, पञ्चायत सदस्यहरूको उपस्थितिमा मानिसहरूलाई कुखुराको चल्लाहरू वितरण गरिएको छ। यस कुखुराको चल्लाहरू वितरण कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य कुसाङ लामाले आज महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने विभिन्न स्थानहरूका जम्मा चार सयजनालाई कुखुराको चल्लाहरू वितरण गरिएको जानकारी गराएका छन् । उनले यसको लागि खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान र कर्माध्यक्ष साजन दर्जीलाई धन्यवाद दिएका छन्।

त्यसरी नै अर्का पञ्चायत समिति सदस्या सरिता मुखियाले मानिसहरूलाई कुखुरा पालनबाट स्वनिर्भर बनाउन तथा जीविकोपार्जनको लागि वितरण गरिएको जानकारी गराएका छन्। उल्लेखनीय छ खरसाङ खण्ड प्राणी सम्पदा विभागको कर्माध्यक्ष साजन दर्जीको पहलमा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा कुखुराको चल्लाहरू वितरण कार्य सम्पन्न भईरहेको छ। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत शिवखोला, घैयाबारी एक, दुई र तीन, सन्त मेरिज, चिमनी देवराली, सिटोङ एक, दुई अनि तीन ग्राम पञ्चायतहरूमा यस्तो कुखुराको चल्लाहरू वितरण गरिएको छ।