जिङ्लाममा स्वाधीनता दिवस पालन

0-IMG-20220816-WA0150

जिङ्लाम: सूर्या फाउन्डेसन आदर्श गाउँ योजना बाल संस्कार केन्द्रद्वारा अमृत महोत्सव एवं ७५औं स्वतन्त्रता दिवस पालन गरियो। सो कार्यक्रम बिहान ८:३० बजेदेखि शुरु गरियो। सूर्या फाउन्डेसन बाल संस्कार केन्द्र जिङ्लाम लाइन धुराका शिक्षक बसन्त शर्माद्वारा कार्यक्रम संचालन गरियोl कार्यक्रममा गाउँ समाजका जेष्ठ नागरिक कृष्ण कुमार प्रधान, एस.एम. गुरुङ, बी.एस. गुरुङ, अशोक राई, महेन्द्र गुरुङ, अर्जुन राई अनि प्रेम कुमार मगर आदि उपस्थित थिए। गाँउका जेष्ठ नागरिक समाज सेवी एस.एम. गुरुङको बाहुलीबाट भारतका रास्ट्र पिता माहत्मा गान्धीको तस्वीर अगाडि दीप प्रजलन अर्पण गरियो। स्वागत सम्भाषण सूर्या फाउन्डेसनका बी.वाई.सीका शिक्षक दिवस गुरुङद्वारा गरियो। गाउँका भूतपूर्व सैनिकहरु  क्रममैले सन्जित गुरुङ, गगन तामाङ, प्रमोद प्रधान अनि मणिराज राईद्वारा सैनिक सम्मानसहित राष्ट्रिय झण्डा उत्तोलन गरियो। कार्यक्रम बारेमा एस.एम. गुरुङले आफ्नो वक्तव्यमा सबैलाई गाउँ बासिन्दाहरुलाई स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गरे। भूतपूर्व शिक्षक बी.एस. गुरुङद्वारा कार्यक्रम विषय जोर दिदै अभिभावकप्रति नानीहरूलाई सूर्या फाउन्डेसन बाल संस्कार केन्द्रमा अध्यन गर्न पठाइदिन अनुरोध गरे। सूर्या फाउन्डेसनका सेवाभावी केशव शर्माद्वारा देशभक्ति कवितासँगै गीत प्रस्तुत गरे। नानीहरुलाई प्रोत्साहनको निम्ति भूतपूर्व सैनिक गगन तामाङ अनि शिक्षक अर्जुन राईद्वारा कलम र खाता उपहार स्वरूप प्रदान गरे। कार्यक्रमको धन्यवाद ज्ञापन अनि समापनको घोषणा गाँउका अध्यात्मिक चिन्तक अशोक राईबाट गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement