युवा कल्याण विभागद्वारा आयोजित रक्तदान शिविरमा ५० युनिट रगत संकलन

IMG-20240730-WA0153

जलपाईगढी: दुर्गा पूजा अब धेरै दिन बाँकी छैनl दुर्गा पूजाको समयमा ठूलो संख्यामा पर्यटकहरू डुवर्समा आउँछन्। यो अवधिमा कयौं पटक दुर्घटना पनि हुने गरेको छ। यस अवधिमा सबैजना दुर्गा पूजामा व्यस्त भएकाले रक्तसंकट हुन्छ। यसैलाई स्मरण गर्दै युवा कल्याण विभागको कार्यालयमा विभिन्न पर्यटन संघसंस्थाको सहकार्यमा युवा कल्याण विभागले रक्तदान शिविर आयोजना गरेको हो। शिविरमा करिब ५० युनिट रगत संकलन गरियो।

शिविर आयोजना गर्न युवा कल्याण विभागका प्रमुख अर्नव भट्टाचार्यको प्रमुख भूमिका रहेको थियो। दुर्गा पुजामा अधिकांश मानिस व्यस्त हुने गरेको उनले बताए। साथै डुवर्समा पर्यटकको संख्या पनि बढेको छ। दुर्गा पूजाको समयमा रगत उपलब्ध हुँदैन। यसैलाई ध्यानमा राखेर हामीले रक्तदान शिविर आयोजना गर्न थालेका छौं ताकि आवश्यकता पर्दा मानिसको जीवन बचाउन सकियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement