माछा बोकेको ट्रक पल्टिँदा एक घाइते

IMG-20240730-WA0151

सिलगढी: राष्ट्रिय राजमार्ग नम्बर ३२७ को बटला इलाकामा रहेको खोरीबारीको पानी ट्यांकी नजिकै माछाले बोकेको  ट्रक अनियन्त्रित भई पल्टिदा मध्यप्रदेशबाट सिलगढीमा माछा ल्याउँदै आएको ट्रक मंगलबार बिहान पल्टिएको छ। यसै क्रममा बट्टला क्षेत्रमा ट्रकको तीब्र गतिका कारण ट्रक अनियन्त्रित भई बम्पर नदेखेर खाल्डोले भरिएको राष्ट्रिय राजमार्गमा पल्टिएको थियो। घटनाको जानकारी पाएलगत्तै खोरीबारीको पानीट्यांकी चौकीका पुलिस घटनास्थलमा पुगेर क्रेनको सहायताले ट्रकलाई बाहिर निकालेका थिए। घटनामा परिचर घाइते भएका छन्। खोरीबारी पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ। राष्ट्रिय राजमार्गको जीर्ण अवस्थामा प्रशासनको भूमिकाप्रति स्थानीयवासी आक्रोशित भएका छन्। सडक खराब भएका कारण दुर्घटना बढ्दै गएको स्थानीय बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement