एउटा ओलम्पिकमा दुईवटा पदक जित्ने पहिलो भारतीय बनिन् मनु भाकर

IMG-20240730-WA0196

पेरिस: भारतकी स्टार शूटर मनु भाकरले पेरिस ओलम्पिक २०२४-मा इतिहास रचिन्। उनी कुनै एउटा ओलम्पिकमा २ वटा पदक जित्ने देशको पहिलो खेलाड़ी बनिन्। उनले मंगलवार सरबजोत सिंहसँग मिलेर १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा काँस्य पदक जितिन्। मनुले यसअघि आइतवार महिलाहरूकी १० मीटर एयर पिस्टल इभेण्टमा पनि काँस्य पदक जितेकी थिइन्। यसरी उनले एउटै ओलम्पिकमा २ वटा पदक जित्ने पहिलो भारतीय बन्ने गौरव हासिल गरिन्। यसअघि नर्मन प्रिचर्डले १९००-को ओलम्पिक खेलहरूमा एथलेटिक्समा २ वटा रजत पदक जितेका थिए तर त्यस समय भारत ब्रिटिशहरूको अधीनमा थियो। यसअघि केही भारतीयले ओलम्पिकमा २ वटा पदक चाहिँ जितेका थिए। यसमा पहलवान सुशिल कुमार र ब्याडमिण्टन स्टार पीभी सिन्धू सामेल छन्। सुशिलले २०१२-को लण्डन ओलम्पिकमा रजत पदक जित्न अघि २००८-को बेजिंग खेलहरूमा काँस्य पदक जितेका थिए। यसरी सिन्धूले २०१६-को रियो ओलम्पिकमा रजत र २०२०-को टोक्यो ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्। यसरी सिन्धू र सुशिलले अलग-अलग ओलम्पिकमा पदक जितेका थिए तर यसपाली मनुले एउटै ओलम्पिकमा २ वटा काँस्य पदकको साथ इतिहास रचिन्।
मंगलवार १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा काँस्य पदकको लड़ाइँमा अनु भाकर र सरबजोतको भिड़न्त ओह ये जिन र ली वोन्हो-की दक्षिण कोरियाई जोड़ीसँग भयो। मनु र सरबजोतको जोड़ीले क्वालीफायरमा ५८० पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो। यसरी कोरियाई जोड़ी ५७९ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको थियो। त्यसपछि काँस्य पदकको लड़ाइँमा मनु-सरबजोतको जोड़ीले दक्षिण कोरियाई जोड़ीलाई १६-१०-ले पराजित गऱ्यो। यस स्पर्धामा पहिला १६ पोइण्ट्स हासिल गर्ने टीमले जीत दर्ता गर्छ। मनुले अब २५ मीटर पिस्टल स्पर्धामा पनि हिस्सा लिनेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement