पाक्योंग: पाक्योंग स्पोर्टिंग क्लबको सहयोगमा पाक्योंग प्रोग्रेसिभ युथस-द्वारा ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा यस टुर्नामेण्टको आयोजन राजु बस्नेत (मन्त्री तथा एमएलए, २२ नाम्चेबोंग कन्स्टीट्यूएन्सी) र पमिन लेप्चा (एमएलए, २१-ग्नाथांग माचोंग कन्स्टीट्यूएन्सी)-को विशेष मार्गदर्शनमा गरिनेछ । यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ६००० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति १ अगस्त रहेको छ। अधिक जानकारीको निम्ति यस नम्बरमा सम्पर्क गर्न सकिनेछ। नम्बर: ९८३२५६६६३८