झापा: कैलालीको गोदावरी नगरपालिका भित्र विभिन्न वडामा पोषण कार्यक्रमअन्तर्गत थप आयोजना शुभारम्भ भएको छ। केयर नेपाल, आइडीई नेपाल तथा याक नेपाल र गोदावरी नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा गोदावरी नगरपालिका भित्र लक्षित क्षेत्रहरूमा सीमान्तकृत वर्ग, महिला, पिछडिएको क्षेत्रमा रहेका जनताका लागि १० महिनाका लागि पहिलो चरणमा कार्यक्रम शुभारम्भ भएको जानकारी याक नेपालका कार्यकारी निर्देशक डबल बमले बताएका छन्।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको सभापतित्चमा संचालित कार्यक्रममा उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,सवै वडा अध्यक्ष तथा प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी लगायत बिभिन्न शाखाका प्रमुख, सरोकारवाला निकाय तथा साझेदारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमको संचालन भएको थियो।











