मनोजको जोड़ी गोलले झोलुंग ब्रदर्स क्वार्टर फाइनलमा

photocollage_202473011230699

जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको आयोजनमा जारी ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा स्थानीय टीम झोलुंग ब्रदर्सले क्वार्टर फाइनलमा स्थान बनायो। झोलुंग खेल मैदानमा सोमवार खेलिएको म्याचमा झोलुंग ब्रदर्सले जयगाउँ युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल मनोज शेर्पाले गरे। यसरी जयगाउँ युनाइटेडबाट दिनेश गुरुङले १ गोल गरे। मंगलवार खेलिने म्याचमा ब्रदर्स इलेभेन, कालचिनी र कटरे इलेभेनबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement