आयोजक आरजीएफसी क्वार्टर फाइनलमा

photocollage_2024730112031934

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आयोजक आरजीएफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा सोमवार भएको सातौं प्री-क्वार्टर फाइनल म्याचमा आयोजक आरजीएफसी-ले सेण्ट्रल बस्तीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रुस्तम प्रधानले ५९औं मिनटमा गोल गरे। यसबाहेक अन्य एउटा गोल आत्मघाती रह्यो। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र अविनाश राई थिए जबकि सुरज राई फोर्थ अफिसियल रहेका थिए। अब मंगलवार खेलिने आठौं तथा अन्तिम प्री-क्वार्टर फाइनल म्याचमा प्रधान बोइज र रिभर भेल्ली फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement