झापा: सरकारले १८ देशका लागि नेपाली राजदूत नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरिएको छ। त्यस्तै, चीनमा कृष्ण प्रसाद ओली, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे र मलेसियामा डा. नेत्र तिमल्सिनालाई सिफारिस गरिएकाे हाे। त्यसैगरी, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ट अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल र पाकिस्तानका लागि रिता धिताल सिफारिस भएका हुन्।