उर्लाबारीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

IMG-20240730-WA0068

झापा: मोरङको उर्लाबारी नगरपालिका–९ खोपीडाँडास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन्।प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेका थिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराजको मृत्यु भएको इलाका प्रहरी कार्यलय उर्लाबारी प्रमुख देब दासले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई र पछाडि सवार धनराज गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। उपचारका क्रममा धनराजलाई चिकित्सकले मृत घोषित गरेको थियो।
तस्बीर : दिनेश कार्की

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement