पेरिस: भारतका युवा शट्लर लक्ष्य सेनले धीमा शुरुवातपछि असाधारण प्रदर्शन गर्दै सोमवार यहाँ पेरिस ओलम्पिकको पुरुष एकल ब्याडमिण्टन स्पर्धाको ग्रुप एल-मा बेल्जियमका जूलियन केरेगीलाई सीधा गेममा पराजित गरे। ओलम्पिकमा पदार्पण गरिरहेका लक्ष्यले ग्रुपको पहिलो म्याचमा आइतवार केविन कोर्डनलाई पराजित गरेका थिए तर ग्वाटेमालाका खेलाड़ीले कुहिनाको चोटले गर्दा प्रतियोगिताबाट नाम फिर्ता लिँदा उनको सबै नतीजाहरूलाई पनि अमान्य घोषित गरियो। यसरी ग्रुप एल-मा अब केवल तीनजना खेलाड़ी रहेका छन्। विश्वका १८औं नम्बरका खेलाड़ी लक्ष्यले विश्वका ५२औं नम्बरका खेलाड़ी केरेगीलाई ४३ मिनटमा २१-१९, २१-१४-ले पराजित गरे। विश्व च्याम्पियनशीपका पूर्व काँस्य पदक विजेता लक्ष्यले अब आफ्नो अन्तिम ग्रुप म्याचमा ३१ जुलाईमा इण्डोनेशियाका विश्वको तेस्रो नम्बरका खेलाड़ी जोनाथन क्रिस्टीको चुनौती स्वीकार्नेछन्। त्यस म्याचबाट ग्रुप एल-बाट प्री-क्वार्टर फाइनलमा स्थान बनाउने खेलाड़ीको फसेला हुनेछ अनि लक्ष्य यस तथ्यसँग अवगत छन्।