डाटा एन्ट्री अपरेटर स्थानीय निवासी नै हुनु पर्ने मागमा भागोप्रमो को श्रमिक संगठनद्वारा मङ्पूमा पोस्टरिङ

19-43-28-pos2.jpg

मङ्पू: सिन्कोना निर्देशालय अस्थायी अनि कन्ट्रेकच्युल आधारमा नियुक्ति हुन लागेको डाटा इन्ट्री अपरेटरहरु स्थानीय सिन्कोना बगान के आवेदकहरु (दाजु-भाई/दिदी-बहिनीहरु) बाट छनावट हुन माग गर्दछौ अनि सिन्कोनादेखि बाहिरबाट नियुक्ति भएको खण्डमा सिपी’एल’यू’ ले जोडदार विरोध जनाउनेछ ।मङ्पू: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन सिन्कोना प्लान्टेशन लेबर युनियनले सिन्कोना बगानमा नवनियुक्ति हुन लागेको डाटा एन्ट्री अपरेटर सिन्कोना बगान निवासी हुनु पर्ने माग गरेको छ। गत केही महीना अघि मात्र सिन्कोना निर्देशालयबाट डाटा एन्ट्री अपरेटरको नियुक्तिको लागि एउटा पत्रिकामा बिज्ञापन छाँपिदा घोर विरोध गर्दै टीएमसी ट्रेड युनियनले डाटा एन्ट्री अपरेटर सिन्कोना बगानमा लागु हुनुहुँदैन भन्दै एक महीनासम्म आन्दोलन गरेको थियो। तर जीटीए चुनाउ पछि डाटा एन्ट्री अपरेटरको नियुक्ति सरकारले गर्ने नै भएपछि आज भागोप्रमो को श्रमिक संगठन सिन्कोना प्लान्टेशन लेबर युनियनले सिन्कोना बगान कै निवासीलाई डाटा एन्ट्री अपरेटरको नियुक्ति दिनु पर्ने माग गर्दै आज मङपूको विभिन्न ठाँउमा पोस्टरिङ गरेको छ।

यसको साथै आज प्रेस भेलालाई सम्बोधन गर्दै सिन्कोना प्लान्टेशन लेबर युनियनका केन्द्रिय समिति सचिव अमृत खड्काले भने, यदि सिन्कोना बगानमा डाटा एन्ट्री अपरेटरको नियुक्ति सरकारले गर्छ भने हामी त्यसको स्वागत गर्छौं तर त्यस पदमा नियुक्ति भएर बाहिरका मानिसहरू आउनु हुँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement