गान्तोक: सिक्किम सरकारको साइन्स एण्ड टेक्नलोजी विभागअधिनस्थ सिक्किम स्टेट काउन्सिल अफ् साइन्स एण्ड टेक्नलोजीको तत्वावधानमा आज राजधानीको चिन्तन भवनमा नेशनल स्पेश डे कार्यक्रम सम्पन्न गरियो। यस वर्षको नेशनल स्पेश डे-को नारा चन्द्रमा छुँदा जीवन छुन्छः भारतको अन्तरिक्ष गाथा रहेको थियो। उल्लेखनीय छ, भारतको अन्तरिक्ष अभियान चन्द्रयान ३-ले सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको दिनलाई नेशनल स्पेश डे-को रुपमा पालन गरिने गरेको छ।इण्डियन स्पेश रिसर्च अर्गनाइजेशन (इस्रो) र नर्थ इस्टर्न स्पेश एप्लिकेशन सेन्टर (नेसाक) सितको सहकार्यमा आयोजित आजको कार्यक्रममा साइन्स एण्ड टेक्नलोजि विभागका सचिव डा. सन्दीप ताम्बे मुख्य अतिथि रहेका थिए। यसरी नै इस्रो र नेसाकका वैज्ञानिकहरूको पनि कार्यक्रममा विशेष उपस्थि रहेको थियो। राजधानी गान्तोक साथै राज्यका विभिन्न विद्यालयका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अन्तरिक्ष विज्ञानका विभिन्न पक्षमा गहन चर्चा गरियो।