सांसद सुब्बाले दिए प्रधानमन्त्री र वित्तमन्त्रीलाई धन्यवाद

IMG-20240729-WA0309

गान्तोक: हाल देशको संसदमा चलिरहेको केन्द्रीय बजेट सत्रमा बोल्दै आज सिक्किमका लोकसभा सांसद इन्द्र हाङ सुब्बाले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणलाई धन्यवाद दिए। उनले गत वर्ष अक्टोबर महिनामा टिस्टा नदीमा आएको बाढीले पुऱ्याएको क्षति पछि सिक्किमको पुनर्निर्माण गर्न केन्द्रीय कोष विनियोजन गरेकोमा यो धन्यवाद दिएका हुन्।सांसद सुब्बाले हिमताल (ग्लेसियल लेक) हरूलाई नियन्त्रणमा नराखिको खण्डमा हिमालय क्षेत्र अनि राष्ट्रिय जल सुरक्षामा पर्ने ठूलो जोखिमलाई लिएर सदनको ध्यानाकर्षण गराए। यसको साथै उनले उच्च जोखिममा रहेका हिमतालहरूबाट हुने खतराहरूको निगरानी, अध्ययन र न्यूनीकरण गर्न सिक्किममा ग्लेसियोलोजीको क्षेत्रीय केन्द्रको आवश्यकतामाथि पनि जोर दिए। सांसद सुब्बाले सिक्किमको लागि संसदमा बोल्न समय दिएकोमा अध्यक्षलाई पनि धन्यवाद दिए। यसको साथै उनले विद्यार्थीहरूलाई जीविका-उन्मुख सीपहरू मार्फत सशक्तिकरण गर्ने कार्य विद्यालय स्तरबाट शुरु गरिनुपर्ने पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement