विधायक एलबी दास र एनडीआरएफ बंगालका प्रभारीबीच प्रकृतिक प्रकोपमाथि छलफल

n6242385331722276692385191142604624c1191c861a7f520c0faab9f336872d6eee7bc498de8792c7cd35

गान्तोक: आपदा प्रबन्धन व्यवस्थालाई सुदृढ गर्ने उद्देश्यले पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका विधायक अनि भूराजस्व अनि आपदा प्रबन्धन विभागका सल्लाहकार एलबी दासले आज पश्चिम बंगालको डामडिममा रहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्सको दोस्रो बटालियन स्टेशनमा पुगे। विधायकले उक्त क्रममा एनडीआरएफको दोस्रो बटालियनका प्रभारी सुनिल बर्मासँग भेट गर्दै गत वर्षको ३-४ अक्टोबरको दिन आएको विनाशकारी प्रकोपमा सहयोग पुऱ्याएकोमा उनले राज्य सरकार साथै आफ्नो व्यक्तिगत तर्फबाट कृतज्ञता प्रकट गरेका छन्। यस अवसरमा उनले बाढीको प्रभावलाई कम गर्न एनडीआरएफले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको सराहना गर्दै संकटको समयमा एनडीआरएफ टोलीको समर्पण भावनालाई सबैले कदर गर्नुपर्ने कुरामा जोड दिए। एनडीआरएफ, स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) अनि सिक्किम सरकारको भू- राजस्व र आपदा व्यवस्थापन विभाग र जिल्लापालको उपस्थितिमा आगामी दिनमा सिक्किम राज्यमा आयोजना गरिने बैठकबारे छलफल गरियो। उक्त बैठक आयोजना गरिनुको मुख्य उद्देश्य प्राकृतिक प्रकोपको समयमा सामुहिक रूपमा रणनीति तयार गरेर सुरक्षा प्रदान गरिनु रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement