यसपल्ट पनि दिल्लीमा बिमारीहरूलाई भेट्न चुकेनन् मुख्यमन्त्री तामाङ

IMG-20240729-WA0313

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीको आफ्नो आधिकारिक भ्रमणमा जाँदा जहिल्यै पनि त्यहाँ उपचार गर्दै आएका राज्यका बिमारीहरूसँग भेटघाट गर्ने गरेका छन्। उनको यसपल्टको भ्रमण पनि यसमा अपबाद रहेन। विगत केही दिनदेखि आधिकारिक कामले नयाँ दिल्लीमा रहेका मुख्यमन्त्री तामाङले आज पुरानो सिक्किम हाउसमा धेरैजना बिमारीहरूलाई भेटे अनि उनीहरूका उपचारको बारेमा जानकारी लिए। आज मुख्यमन्त्रीसँग भेट गर्ने बिमारीहरूमा सिक्किम सरकारमा “सी” र “डी” वर्गमा कार्यरत कर्मचारीहरू पनि थिए।
बिमारीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले सरकार, एसकेएम पार्टी साथै आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने आश्वासन दिए। विशेष गरेर सरकारी कर्मचारी बिमारीहरूलाई सम्बोधन गर्दै सरकारबाट १० लाख रुपियाँसम्मको “रिम्बर्समेन्ट” को व्यवस्था रहेको जानकारी गराए। यसमा पाँच लाख रुपियाँसम्मको “रिम्बर्समेन्ट” स्वतः हुने गरेको अनि त्यसभन्दा माथिको रकमको निम्ति आफ्नो सिफारिश चाहिने पनि मुख्यमन्त्रीले थप बताए। यसको निम्ति “चिफ मिनिस्टर मेडिकल एसिस्टेन्ट सेल” सित सम्पर्क गर्ने उनले सुझाउ दिएका छन्।
यसको साथै सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले जनकल्याण प्रकोष्ठ स्थापना गरेर सर्वसाधरणलाई उपचारमा सहयोग गरिरहेको पनि मुख्यमन्त्रीले बिमारीहरूसँगको कुराकानीमा बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement