सिक्किमका मानिसहरू विशाल क्षमता भएको र सबैभन्दा प्र​गतिशील मानिसहरू मध्ये एक: निर्वतमान राज्यपाल आचार्य

photocollage_202472923226955

गान्तोक: सिक्किममा आफ्नो कार्यकाल पूरा भएको अवसरमा सिक्किमका निर्वतमान राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमवासीहरूप्रति सन्देश जारी गरेका छन्। जारी सन्देशमा उनले आफ्नो लगभग डेढ़ सालको संक्षिप्त प्रवास अवधि सिक्किमका मानिसहरूको ह्रदय र राज्यका सुदूर ठाउॅंसम्म पुगेको तथा यस महान राष्ट्रको बारेमा थप जान्ने मौका पाएको बताएका छन्।

राजभवनद्वारा जारी सन्देशमा राज्यपालले आफुलाई असम र मणिपुरको राज्यपालको रूपमा नयॉं कार्यभार सुम्पिएको बताएका छन्। उनले भनेका छन्, सिक्किमका मानिसहरू स्वभावले शान्त हुन्छन् र मैले उनीहरूका प्रेम, स्नेह र सम्मान प्राप्त गर्नु सके जसको निम्ति मलाई गर्व र खुशी छु। मलाई लाग्छ म सिक्किमका मानिसहरूको साथमा उनीहरूका सुख र दु:खमा सामेल हुन सके, चाहे त्यो ३ र ४ अक्टोबर, २०२३ को दुखद आपदा होस् अथवा सीमान्त क्षेत्रहरूका भाइब्रेन्ट भिलेजमा स्थानीय मानिसहरू, भारतीय सेनासॅंग मिलेर खुशी मनाउनु होस्, छोग्यालको १००औं जन्मजयन्ती होस् अथवा जैविक खेतीलाई प्रतिनिधित्व गर्ने कृषि सम्बन्धित उत्सव ‘रोपाई’ होस्, यी यबै मेरो मनमा सबैभन्दा अविस्मरणीय क्षणहरू हुन्।

राज्यपालले अझ भने, मैले सिक्किमका मानिसहरू विशाल क्षमता भएको र सबैभन्दा प्र​गतिशील मानिसहरू मध्ये एक पाए, जो राष्ट्र निर्माण प्रक्रियामा एक ध्वजवाहक हुनेछन्। विशेष रूपमा विकसित भारत@२०४७ लाई बढावा दिन, सिक्किमेहरूको अद्वितीय योगदान रहनेछ जुन हाम्रो प्रिय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान हो। राज्यपालले मुख्यमन्त्री प्रेमसिंह तामाङ र क्याबिनेटका सदस्यहरूको सिक्किमका मानिसहरूको कल्याण हेतु सामूहिक प्रयास, समर्थन र सहयोगको पनि सराहना गरेका छन्।

उनले सिक्किमलाई सबै क्षेत्रमा भारतमा एउटा आदर्श राज्यको रूपमा परिवर्तन गर्ने प्रयासहरूका लागि शुभकामना पनि दिएका छन्। उनले भनेका छन्, आज जब म आफ्नो कार्यालय छोडिरहेको छु, मेरो निम्ति सिक्किमका दाजु-भाई र दिदी-बहिनीहरूको स्नेहपूर्ण आतिथ्य भाव र प्रेम सदैव स्मरणीय रहनेछ। म सिक्किमवासीहरूको निम्ति आगामी दिनहरूमा शान्ति, प्रगति र समृद्धिको कामना गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement