विभिन्न मागलाई लिएर वाम समूहले शुरु गरे आन्दोलन

jomi-dakhal

सिलगढी: वाम गठबन्धनले सरकारी जग्गा अतिक्रमण, नक्कली जग्गाको नामावली, लिजमा लिएको जग्गा अतिक्रमण र बेचबिखनविरुद्ध, नदी किनारलाई अतिक्रमणमुक्त बनाउनलगायतका विभिन्न माग राखेर आन्दोलन सुरु गरेको छ। आज सिपिआईएम, सिपिआइएमएल लगायतका विभिन्न संघसंस्थाका कार्यकर्ताले र्‍याली निकालेर विरोध गरेका छन्। यससँगै नक्सलबारी बीडीओलाई ज्ञापनपत्र पनि बुझाइएको छ।ज्ञापनपत्रमा हाटिघिसाको सेब्दुल्ला क्षेत्रका एक व्यक्तिको जग्गा फिर्ता गर्न, मणिराम नदीको किनारा कब्जा गरेर बेच्ने षडयन्त्र रोक्न, श्मशान जग्गा अधिग्रहणको षडयन्त्र रोक्न, गोन्साइपुरमा फोहोरमैला व्यवस्थापन गर्नेलगायत विभिन्न माग राखिएको छ। यसै क्रममा नक्सलबारी बीएलआरओको उजुरीमा तीन जनालाई पक्राउ गरिएको छ। तर बाँकी अझै अज्ञात छ। यस विषयमा आन्दोलनकारीले प्रश्न उठाएका छन्। यसबाहेक वामपन्थी समुहका नेताहरूले जग्गा मुद्दामा पक्राउ परेका नक्सलबारी पञ्चायत समितिका कर्मा अधिकारीलाई हटाउनेलगायत सम्पूर्ण घटनाको छानबिन गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement