आफ्नै छोरीलाई यौन दुव्यवहार गरेको आरोपमा कलियुगी बाबु पक्राउ

Untitled

सिलगढी: सिलगढीमा कलियुगी बाबुको कालो कर्मले सम्बन्धको इज्जत टुटेको घटना सार्वजनिक भएपछि समाजको आँखा पनि लज्जित बनेको छ। यसैबीच प्रधाननगर पुलिस थानाले छोरीसित यौन दुर्व्यवहार गरेको आरोपमा अभियुक्त बाबुलाई गएराति पक्राउ गरेको छ। आरोपीको नाम कमल बर्मन (३३) हो।स्रोतबाट प्राप्त जानकारीका अनुसार आरोपी बाबुले आफ्नी ११ वर्षीया छोरीलाई पटकपटक यौन दुर्व्यवहार गरेका छन्। श्रीमतीले हिजो काममा गएको बताइन्। त्यतिबेला बुबा छोरी घरमा थिए। सो क्रममा बाबुले छोरीलाई लुगा फुकालेर पूजा गर्न बाध्य पारेको आरोप छ। त्यही क्रममा बाबुको यो निर्दयता देखेर बालिका पुरै डराएकी थिइन्। अर्कोतिर आमा घरमा आउनेबित्तिकै छोरीले आफ्नी आमालाई सम्पूर्ण व्यथा सुनाइन्। त्यसपछि महिलाले श्रीमानविरुद्ध पुलिस थानामा उजुरी गरिन्। श्रीमानले यसअघि पनि पटकपटक यस्तो घटना गरेको महिलाले बताइन्। तर लाजले गर्दा चुप लागेर बसिन्। अन्ततः महिलाको धैर्यताको बाँध टुट्यो र उनले आफ्नो पतिविरुद्ध आवाज उठाइन्। यसैबीच उजुरीका आधारमा पुलिसले आरोपित बाबुलाई पक्राउ गरेको छ। पुलिसले आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement