सिलगढी: भक्तिनगर पुलिस थानाअन्तर्गतको आसिघर थानाको पुलिसले लुटपाटको उद्देश्यले भेला भएका तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोविन्द सरकार, नित्यानन्द रोय र जीवन दास रहेका छन्।जानकारीका अनुसार गएराति १० देखि १२ जनाको समूह आशीघर थाना अन्तर्गत फरुखाती पुलमुनि लुटपाटको उद्देश्यले जम्मा भएका थिए। यो खबर पाएलगत्तै आशीघर थानाका पुलिस दलले अप्रेसन गरी तीनजना लुटेरालाई पक्राउ गरेको छ। सोही क्रममा कैयौं अपहरणकारीहरु भाग्न सफल भए। आरोपीहरुबाट धेरै फलामका वस्तु र हतियार बरामद भएको छ। आरोपीहरूलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।